गुल्मी- गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडानका लागि गरिने अवतरण परिक्षण उडान दोस्रो पटक सफल भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा शुक्रबार नेपाल वायूसेवा निगमको 9N-ADT कल साइन रहेको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट विहान उडेको विमान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएको हो ।
नियमित व्यवसायिक उडानका लागि गरिने अवतरण परिक्षण उडान सफल भएपछि अब रेसुुङ्गा विमानस्थलबाट नियमित नेपाल वायूसेवा निगमले उडान भर्ने रेसुङ्गा नगरपालिका गुल्मीका मेयर खिलध्वज पन्थीले जानकारी दिए । उनले रेसुङ्गा नगरपालिकाले नेपाल वायूसेवा निगमसंग नियमित उडानका लागि सम्झौता गरिसकेको बताएका छन् ।
यस अघि तारा एयरको 9NALO कल साइन रहेको विमानले सफल परिक्षण उडान गरिसकेको थियो ।