सरकारले स्थानीय तह अन्तर्गतका ७८४ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न तहका ७८४ जना कर्मचारीको सरुवा गरेको हो ।
मौजुदा कानून अनुसार स्थानीय तहका कर्मचारीको सरुवा गर्न नमिल्ने भएकोले उनीहरुको सरुवालाई सरुवा नभनि अन्तर स्थानीय तह कामकाजका लागि खटाइएको भन्ने गरिएको छ ।
‘लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धीमापदण्ड, २०७७ अनुरुप अन्तर स्थानयि तहमा कामकाजमा खटाउन यस शाखामा भौतिक रुपमा तथा ईमेलमार्फत मिति २०७९/०५/२० गतेसम्म कार्यालय समयमित्र प्राप्त निवेदनहरुलाई यस मन्त्रालयको मिति मिति २०७९/०५/२० गतेको निर्णयानुसार अन्तर स्थानयि तहमा कामकाजमा खटाईएको छ’, मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत बासुदेव भट्टराईले भने ।
निर्वाचन आचारसंहिता लाग्ने दिन सोमबार सरुवा गरिएको भएपनि बुधबार दिउँसो मात्रै निर्णय सार्वजनिक भएको हो । हेर्नुहोस् सरुवा हुनेहरुको नामावली