गुल्मीमा एमाले-समाजवादी एकता : १०९ जनाको कमिटीमा १० प्रवेश गरेर एकताको घोषणा

गुल्मीमा नेकपा (एकीकृत समाजवादी) का इन्चार्ज र अध्यक्षले पार्टी नै नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज गणेश खनाल र केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्ष नरेश भण्डारीले जिल्लाको सि“गो पार्टी नै एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

सोमबार सदरमुकाम तम्घास स्थित एमाले पार्टी कार्यालयमा एमाले गुल्मीका इन्चार्ज दीनेश पन्थी र जिल्ला अध्यक्ष बालसिं काउछासँग समाजवादीका इन्चार्ज खनाल र अध्यक्ष भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरे ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितीमा भएको कार्यक्रममा पार्टी प्रवेशको जस्तो अविर र माला नलगाई दुबै पार्टीको विजय जस्तै गरी सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

पार्टी एकताबारे जानकारी दिँदै भण्डारीले समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य मदनदीप घिमिरे, हरि कु“वर, विष्णुप्रसाद भण्डारी, छत्रकोट गाउ“ कमिटी अध्यक्ष यमबहादुर खत्री, युवा संघका गुल्मीका अध्यक्ष रामुजंग क“डेल, विद्यार्थीका गुल्मी अध्यक्ष निलकण्ठ पाण्डे लगायत पनि समाहित भएको जानकारी गराएका थिए ।

उनले गत स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरु पराजित हुँदा आफू रोएको स्मरण गर्दै भावुक बनेका थिए । उनले आफ्नो नेतृत्वले नेपाली कांग्रेसलाई शक्तिमा लैजाने गम्भीर गल्ती गरेकोले आफूहरु पुनः एमालेमा फर्किएको बताए ।

तर, नेकपा समाजवादी गुल्मीका सहईन्चार्ज र २ जना उपाध्यक्षले भने विज्ञप्ती निकालेर खनाल र भण्डारीलाई कारबाहीको घोषणा गरेका छन् । केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज गणेश विश्वकर्मा, उपाध्यक्षहरु चन्द्र सुनार र राममल्ल ठकुरीले विज्ञप्ती जारी गरी ती दुईव्यक्ति बाहेक सिंगो पार्टी एकताबद्ध रहेको जनाएका छन् ।

‘दुई जना व्यक्तिलाई र्टीका लगाएर एमाले पार्टीप्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेदजनक छ’, विज्ञप्तीमा भनिएको छ ।

उपाध्यक्ष ठकुरीले गुल्मीमा १०९ जना रहेकोले २ जना व्यक्तिलाई कारबाही गरिएको र बाँकी सबै पार्टीमै रहेको बताए । पार्टी एकता घोषणा कार्यक्रममा सार्वजनिक भएका नामहरुमध्ये केन्द्रीय सदस्य १ जना, सल्लाहकार १ जना, प्रदेश कमिटीका २ जना छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्य तथा जिल्ला अध्यक्ष १ जना, जिल्ला कमिटी सदस्यहरु ३ जना र ३ जना जिल्ला कमिटीभन्दा तल्लो कमिटीका रहेको समाजवादीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार