स्थानीय तह न्यायिक समिति ,सैद्धान्तिक र व्यावाहारिक हेराई र जनताको चासो

नेपालको संविधानमा प्रत्येक स्थानीय तहमा आफ्नो  अधिकार क्षेत्रभित्रका विवाद सामाधान गर्न एउटा न्यायिक समिति रहने व्यवस्था गरेको छ । यस्ता न्यायिक समितिका संयोजक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुख रहन्छन् । तीन सदस्यीय  यी न्यायियक  समितिमा अन्य दुईजना सदस्यहरु गाउँसभा /नगरसभाले आफु मध्येबाट निर्वाचित गरेका सदस्यहरु हुन्छन । संविधानले गरेको व्यवस्थालाई संस्थागत  गर्न विभिन्न कानूनी तथा क्षमतागत चुनोती हरु देखिएका छन् । संविधानको व्यवस्था बमोजिम स्थानीय तहको न्यायिक समितिको कार्य सम्वन्धी  व्यवस्था  स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ८ मा गरिएको छ ।संविधानले गरेको यस व्यवस्थालाई व्यवहारमा उतार्न  विभिन्न कानूनी  तथा क्षमतागत चुनौतीहरु देखिएका छन् । शक्तिपृथकिकरणको मर्म  र जनताले पाउने न्यायको अनुभुतिमा सामजस्यता ल्याउने विषय पनि अहिलेको प्रमुख चुनौत हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

 नेपालमा न्याय सम्वन्धी अधिकार अदालत र न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था  संविधानले गरेको छ । न्यायपालिका अन्तरगत  नेपालको संविधानको भाग ११ सर्वोच्च अदालत,उच्च अदालत र जिल्ला अदालत गरी तीन तहका अदालतको व्यवस्था रहेको छ । यस बाहेक नियमित  अदालत बाहेक  स्थानिय स्तरमा न्यायिक निकाय र विवाद सामाधानका लागि बैकल्पिक उपायका लागि अन्य निकायको गठन गर्न सकिन्छ ।

स्थानीय निकायलाई दिइएका न्यायिक अधिकारहरुः

वि.स.२००६ साल चैत्रमा बनेको नेपाल राज्य नगर र पञ्चायती ऐनबाट सुरु भएको स्थानीइ निकायलाई ऐनबाट सञ्चालन गर्ने परिपाटी नेपालको वर्तमान संविधानले स्थानीइ तहको व्यवस्था गर्नु पुर्वसम्म पनि नरन्तर रहेको थियो ।स्थानीय निकाय सञ्चालन सम्वन्धमा वि.स.२०५५ सालमा बनेको स्थानीय स्वायत शासन ऐनले तत्कालीन स्थानीय निकाय गाउँविकास समिति तथा नगरपालिकालाई न्यायिक अधिकार दिइएको थियो । तसर्थ स्थानीय निकाय वा स्थानीय तह जे नाम दिइएपनि  तथा यिनीहरुलाई दिइएको  न्यायिक अधिकार हाल संविधानबाट दिइएको भए ता पनि यसको सुरुवात २०५५ सालमै भएको पाइन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ को उपदफा (१) अनुसार देहायका  विवाद निरुपण गर्ने अधिकार न्यायिक समितिलाई रहेको छ । यसरी निरुपण गर्दा सम्भव भए सम्म  विवादका पक्षहरु विचमा मेलमिलाप गराउनु पर्दछ । पक्षहरुविच मेलमिलाप हुन नसकेमा बुझिएसम्मका प्रमाणहरु हेरी विवादको टुङ्गो लगाउनु पर्दछ ।

विवाद प्रचलित कानूनी व्यवस्था हदम्याद
आलीधुर,कुलोको बाँडफाँड तथा उपयोग सम्वन्धी मुलुकी देवानी संहिता २०७४ को दफा २८८,२९१,२९२,२९३,२९४ र २९८ संग सम्वन्धी  दफा २८८,कुलो बनाउन दिनु पर्नेः

(१) जग्गा आवाद गर्न कसैलाई अन्य व्यक्तिको जग्गाबाट कुलो बनाउनु पर्ने भई जग्गा मागेमा सम्वन्धित जग्गाधनीले उपयुक्त ठहराएको ठाँउबाट त्यस्तो  व्यक्तिलाई कुलो बनाउनको लागि जग्गा दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कुलो बनाउन जग्गा दिए बापत कुलो बनाउने व्यक्तिले सट्टा जग्गा,कुलो बनाई प्रयोग भएको जग्गाको प्रचलित मुल्य बमोजिमको रकम वा मनासिव क्षतिपुर्ती सम्वन्धित जग्गाधनीलाई दिनु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि  सार्वजिनक वा सरकारी जग्गामा कुलो बनाएकोमा कुलोमा परेको जग्गा बापत सट्टा जग्गा,जग्गाको मुल्य वा क्षतिपुर्ती  दिनु पर्ने छैन ।

दफा २९१ कुलो पानीको उपयोग र बाँडफाड (१)

कुलो बनाउनका लागि  जुन व्यक्तिले श्रम वा खर्च गरेको छ  सोही व्यक्तिले जग्गा आवाद गर्नको लागि कुलोको  पानीमा पहिलो प्राथामिकता पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएकव भए तापनि  परापुर्वदेखी भागवण्डा बमोजिमको पानी प्रयोग  गर्दै आएकव ठाउँमा सबै ब्यक्तिहरुले भागवण्डा  अनुसार कुलोको पानी उपयोग गर्न पाउनेछन ।

(३) उपदफा (१) बमोजिम पानी उपयोग  गर्ने व्यक्तिले पानी पर्याप्त भएपछि वा निजलाई पानी आवश्यक नपर्ने भएमा  जुनसुकै  व्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आवाद गर्नलाई कुलोको पानी उपयोग गर्न पाउनेछ ।

(४) कुनै व्यक्तिको  जग्गा सिचित भई वढी भएको पानी अर्को व्यक्तिको जग्गामा बगेकोमा  सम्वन्धित जग्गाधनीको अनुमति बिना प्रयोग गर्न सकिने५  र त्यस वापत कुनै दावी लाग्ने छैन

दफा २९२ सहमति बिना कुलो बदल्न नहुनेः कुनै व्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य व्यक्तिले समेत प्रयोग गर्दे  आएको भएमा त्यस्तो कुलो भएको जग्गाधनीले कुलो उपभोग गर्ने व्यक्तिको सहमति बिना साविकको कुलो अन्य ठाँउमा फेरवदल गर्न पाउने छैन ।

दफा २९३ कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउनेः

(१) नयाँ कुलो बनाउँदा वा साविक देखिएको पुरानो कुलो मर्मत सम्भार गर्दा त्यस्तो कुलोको पानी उपयोग गर्ने सबै व्यक्तिहरुले आ-आफ्नो  जग्गाको अनुपातमा आवश्यक श्रम वा खर्च गर्नु पर्नेछ ।(२) उपदफा (१)  बमोजिम नयाँ कुलो बनाउँदा वा पुरानो कुलो मर्मत सम्भार गर्दा श्रम वा खर्च  नव्यहोर्ने  व्यक्तिले त्यस्तो कुलोको पानी उपयोग गर्न पाउने छैन ।

दफा २९४ आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेः

यस परिच्छदमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा आवाद गर्न कुलो  बनाउने वा पानी उपयोग गर्ने सम्वन्धमा  सम्वन्धित  जग्गाधनी वा कुलो बनाउने वा पानी उपयोग गर्ने विच छुट्टै सहमति भएमा सोही सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेछ ।

 

दफा २९८ हदम्याद  यस परिच्छेद बमोजिम भए गरेको काम कारवाही गरेको भए गरेको थाहा पाएको मितिले छ महिना भित्र  नालिस गर्न सक्नेछ ।
अर्काको वाली नोक्सानी गरेको सम्वन्धी विवाद मुलुकी देवानी संहिता २०७४ को दफा ६७६ र ६८४

दफा ६७६.पशुले गरेको हानी,नोक्सानी वापत पशुधनीले दायित्व बेहोरनु पर्नेः आफुले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई पुरयाएको हानि , नोक्सानी वापतको दायित्व त्यस्तो पशु धनीले वेहोरनु पर्नेछ । तर त्यस्तो पशुको स्वभावअनुसार पशु धनीले पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण राखेको अवस्थामा  हानी,नोक्सानी  गरेकोमा वा हानी नोक्सानी पुगेको व्यक्तिकै काम त्रुटि वा हेलचक्याईबाट हानी नोक्सानी भएकोमा पशुधनीले दायित्व वेहोरनु पर्नेछैन ।

दफा६८४ हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारवाहीबाट मर्का पर्ने पक्ष सो काम कारवाही भए गरेको मितिले छ महिना भित्र नालिस गर्न सक्नेछ ।
चरन,घाँस ,दाउरा विवाद मुलुकी देवानी संहिता ,२०७४को दफा ३००को उपदफा (१) मा गाईवस्तु निकाल्ने निकास ,गौचर आदी सार्वजनिक सम्पति हुने भन्ने व्यवस्था छ । यस्तो सम्पतिको संरक्षण गर्ने दायित्व स्थानीय तहको समेत हुने व्यवस्था  सोही संहिताको दफा ३०४ले गरेको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ३१३ अनुसार मर्का पर्ने पक्षले एक वर्ष भित्र उजुरी गर्नु पर्ने छ ।
ज्याला मजुरी नदिएको  मुलुकी देवानी संहिता ,२०७४ को दफा ६४० ,६४१ ,६४२ ,६४३ ,६४४,६४५, ६४६ र ६४७

दफा ६४० काममा लगाउन सकिनेः (१) कम्तीमा चौध वर्ष पुगेको कुनै व्यक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन सकिनेछ ।

तर सोह्र बर्ष उमेर पुरा नगरेको व्यक्तिलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन सकिनेछैन ।

दफा ६४१ ज्याला मजुरी दिनु पर्नेः (१) दफा ६४० बमोजिम कसैलाई कुनै काममा लगाउँदा  काम गर्ने व्यक्तिले आफुखुशीले ज्याला मजुरी बिना काम गर्न मञ्जुर गरेकोमा बाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्याला मजुरी दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने व्यक्तिको मञ्जुरीले कुनै खास ज्याला तोकेकोमा सोही बमोजिमको  र नतोकेकोमा त्यस्तो काम गरे वापत काम गरेको ठाउँमा चलन चल्तीमा रहेको दर अनुसारको ज्याला मजुरी दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने बिच अन्यथा सहमति भएकोमा बाहेक काम सम्पन्न भएपछि ज्याला मजुरी दिनु पर्नेछ ।

(४) यस दफा बमोजिम ज्याला मजुरी निर्धारणा गर्दा काम गर्ने र काममा लगाउने बीच अन्यथा सहमति भउकोमा बाहेक काम गरेको प्त्येक दिनलाई आधार मानी ज्याल मजुरि निर्धारणा गर्नु पर्नेछ ।

दफा ६४२ कममा लगाउँदा सुरक्षाको व्यवस्था गर्नु पर्नेः कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा त्यस्तो कामको प्रकृति अनुसार काम गर्दा हुन सक्ने जोखिम वा खतरा निवारणका पर्याप्त सुरक्षात्मक उपायहरुको व्यवस्गा गरेर मात्र काममा लगाउनु पर्नेछ ।

दफा ६४३ आठ घण्टाभन्दा बढी काममा लगाउन नहुनेः  (१) कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा सामान्यतयः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिको लागि काम लगाउन सकिने छैन ।

(२) उपदफा (१) मा लेखिएभन्दा वढी अवधि कसैलाई काममा लगाउनु पर्दा काम गर्ने व्यक्तिको मञ्जुरी हुनु पर्नेछ र त्यसरी काममा लगाउँदा आठ घण्टालाई एक दिन मानी बढी काम गरेको प्रत्येक घण्टा वापत सोही अनुपातमा थप ज्याला मजुरी दिनु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरेलु सहायकलाई कामा लगाउँदा सो उपदफाको व्यवट्ठथा लागू हुने छैन ।

दफा ६४४ घरेलु सहायक सम्वन्धी विशेष व्यवस्थाः (१) कसैले घरेलु सहायकको रुपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले निजका हकमा देहायका शर्तहरु समेत पालना गर्नु पर्नेछः-

(क) ज्याला मजुरी मासिक वा वार्षिक रुपमा निर्धारण गरी भुक्तानी गर्नु पर्ने,

(ख) काम लगाउनेको हैसियत अनुसार विहान,दिँउसो र बेलुकी तीन पटक खान तथा मौसम अनुसार लगाउने कपडा दिनु पर्ने,

(ग) आप्नो हैसियत अनुसार उपयुक्त आवास शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्ने ,

(घ) अठार वर्ष भन्दा कम उमेरको भए निजले चाहेमा  घर व्यवाहारको काम हेरी उपयुक्त सिमयमा अध्ययनको व्यवस्था  गर्नु पर्ने,

(ङ)  विरामी भए निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्ने, तर सो वापतको खर्च निजको मासिक वा वार्षिक ज्याल मजुरीबाट कट्टा गर्न सकिने छैन ।

(च) विरामी हुँदाका बखत काममा नलगाउने  र अन्य अवस्थामा निजको उमेर ,क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने,

(छ) मृत्यु भएमा निजको सदगत तथा सामान्य काज किरियाको लागि लाग्ने खर्च ब्यहोर्नु पर्ने,

(ज) अमानविय,अपमानजन्य व्यवहार वा घरेलु हिँसा नगर्ने ,

(झ) घरेल् सहायकसँग आफुले मञ्जुरी  गरेका अन्य शर्त पालना गर्नु पर्ने ।

(२) उपदफा (१) को खण्ड (ख) ,(ग) र (घ) बमोजिम हुन

खर्च घरेल् सहायकको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन।

(३) कसैले कुनै व्यक्तिलाई घरेल् सहायकमा काम लगाएकोमा त्यसरी काम लगाएको मितिले एक महिनाभित्र सम्वन्धित स्थानीय तहको सम्वन्धित वडा समितिलाई लिखित रुपमा जानकारी गराउनु सकिनेछ ।

दफा ६४५ आफुले लिएको काम बीचैमा छोड्न नहुनेः(१) कसैले कुनै काम गर्न जिम्मा लिई वा कवुल गरिसकेपछि त्यस्तो काम पुरा नगरी मनासिव कारण बिना बीचैमा छोड्नु हुदैन ।

(२) उपदफा (१) बमोजिम कसैले बीचैमा काम छोडेमा त्यसको दायित्व काम छोड्ने व्यक्तिले वेहोरनु पर्नेछ।

दफा ६४६ काम गर्नेलाई ज्याला मजुरी दिनुपर्नेः (१) काम लगाउनेले कामा लगाए वापत दिनु पर्ने ज्याला मजुरी काम गर्ने व्यक्ति वा निजले मञ्जुरी गरेको अन्य कुनै व्यक्तिलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम ज्याला मजुरी भुक्तानीहुनु अगाबै काम गर्ने व्यक्तिको मृत्यु भएमा निजले पाउने ज्याला मजुरी निजको हकबालाले पाउनेछ ।

 

मुलुकी देवानी संहिताको दपा ६४७ हदम्यादः मर्का पर्ने व्यक्तिले दफा ६४४ को हकमा मुद्दा गर्नु परेको कारण उत्पन्न भएको मितिले तीन महिनाभित्र  र अन्य कुराको हकमा पैँतिस दिनभित्र नालिस गर्नु पर्दछ ।
घरपालुवा पशुपक्षी हराएको वा पाएको  मुलुकी देवानी संहिता २०७४ को धमग ५ परिच्छौ १६ को दफा ६७०

दफा ६७० भेट्टाएको वस्तु प्रहरीलाई सूचना दिई राख्न सक्नेः (१) कसैले कुनै वस्तु कुनै किसिमले भेट्टाएकोमा त्यसको यथार्थ विवरण सहित प्रहरीलाई सूचना दिई त्यस्तो वस्तु सम्वन्धित धनी  फेला नपरेसम्म आफैसँग सुरक्षित राख्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिजमको वस्तुको

(३) उपदफा (१) बमोजिम राखिएको वस्तु तीन वर्षसम्म पनि कसैले दावि गर्न नआएमा त्यस्तो वस्तु भेट्टाउने व्यक्तिको हुनेछ ।

तीन वर्षसम्म पनि कसैले दावि गर्न नआएमा त्यस्तो वस्तु भेट्टाउने व्यक्तिको हुनेछ ।
ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको ज्येष्ठ नागरिक सम्वन्धि ऐन,२०६३ को दफा ३ ,४ ,५

दफा ३ ज्येष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेः ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ ।

दफा ४ ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाहः (१) ज्येष्ठ नागिरकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।

(२) ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेकव वा वस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारकव सदस्यले आफ्नो साथमा राखी  पालनपोषण गर्नु पर्नेछ ।

(३) कसैले ज्येष्ठ नागरिकको इच्छा विपरित निजलाई परिवारबाट अलग राख्न वा अलग वस्न बाध्य गराउनु हुदैन ।

(४) ज्येष्ठ नागरिक वा निजलाई पालनपोषण गर्ने परिवारकव सदस्यको आर्थिक अवस्था कमजो भएमा परिवारको अन्य सदस्यले त्यस्तव ज्येष्ठ नागिरकलाई आफुसँगै नराखेको भए तापनि पालनपोषण तथा हेरचाहको व्यवस्था गर्नु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ज्येष्ठ नागिरकको चल अतल सम्पति  प्रयोग वा उपयोग गर्ने परिवारकव कुनै सदस्य नातेदार वा हकवालले निजलाई आफुसँगै राखी पालनपोषण तथा हेरचाह गर्नु पर्नेछ ।

 

दफा ५ ज्येष्ठ नागरिकले उजुरी दिन सक्नेः दफा ४ बमोजिम ज्येष्ठ नागिरकको पालनपोषण तथा हेरचाह गर्नु पर्ने कर्तव्य भएको परिवारको  सदस्य नातेदार वा हकवालाले निजलाई आफुसँगै राखी पालनपोषण तथा हेरचाह नगरेमा तथा हेरचाहको लागि सम्वन्धित गाउँपालिका वा नगरपालिकामा उजुरी गर्न पाउछन् ।
 नावालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदीएको मुलुकी देवानी  संहिता ,२०७४ को दफा २११

दफा २११ अंश लिन सक्नेः (१) सगोलको सम्पती भएका पति ,पत्नी,बाबु,आमा ,छोरा ,छोरीलाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको व्यवस्था पूरा गर्नु पर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्नेछ।

इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको जानकारी जहिलेसुकै गर्न सकिन्छ ।
बार्षिक पच्चीस लाख रुपैयासम्मको बिगो भएको  घर बहाल र घर बहाल सुविधा मुलुकी देवानी संहिता ,२०७४ को दफा ३८३ ,३९१ ,३९७ र ४०५

दफा ३८३ बहालमा दीएको मानिने  कसैले आफ्नो हक ,भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दीएको मानिनेछ ।

दफा ३९१ बहाल बुझाउने तरिका र प्रकृयाः (१) बहादमा लिने ब्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रकृया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।

(२) उपदफा )१) बमोजिम बहाल बुझाउने सम्वन्धमा सम्झौतामा कुनै तरिका र प्रकृया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिन भुक्तान भएको सात दिन भित्र घरधनीलाइ बहाल बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम बहाल बुझाउँदा चेक वा नगदै रुपमा बुझाउन सकिनेछ ।

(४) यस दफा बमोजिम घरधनीले नगदै बहाल बुझेकोमा त्यस्को  भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ ।

दफा ३९७ सम्झौता विपरित घर प्रयोग गर्न नहुनेः बहालमा लिने व्यक्तिले घरधनीको पूर्वस्वीकृति विना जुन प्रयोजनको लागि बहालमा लिएको हो त्यस्तो प्रयोजन बाहेक अन्य कामको लागि घर प्रयोग गर्न पाउने छैन ।

दफा४०५ हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारवाहीबाट मर्का पर्ने त्यस्तो काम कारवाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
अन्य व्यक्तीको घर,जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको  मुलुकी देवानी संहिता ,२०७४ को दफा २८४ ,२८५ र २८६

दफा २८४ असर पर्ने गरि रुख विरुवा लगाउन नहुनेः(१) कसैले पनि रुख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर ,जग्गा वा कुनै सम्पतिलाई असर पर्ने गरी लगाउन हुदैन ।

(२) कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख वा बिरुवाले अन्य व्यक्तिको घर जग्गा वा अन्य सम्पतिमा फैलिई असर पुरयाएमा त्यस्तो रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर , जग्गा वा सम्पति नोक्सान नहुने गरी अरुलाई असर पर्ने रुख वा बिरुवाको हाँगो वा जरा काट्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम रुख वा बिरुवा लगाउने व्यक्तिले रुख वा विरुवाको हाँगो वा जरा नकाटेमा त्यसबाट असर पर्ने व्यक्तिले त्यस्ता रुवा वा बिरुवाको हाँगो वा जरा आफैले काट्न सक्नेछ ।

दफा २८५ क्षतिपुर्ति भराई लिन सक्नेः कसैले यस परिच्छेद बमोजिम गरेको काम कारबाहीबाट कुनै व्यक्तीलाई क्षति हुन गएमा क्षतिबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपुर्ति भराई लिन सक्नेछ ।

दफा २८६ यस परिच्छेद बमोजिम भए गरेको  काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
 आफ्नो घर वा बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजिनक बाटोमा पानी झारेको मुलुकी देवानी संहिता ,२०७४ को दफा २८१ ,२८५ दफा २८६

दफा २८१ घर वा बलेसीको पानी झार्न नपाउनेः कसैले पनि आफ्नो घर बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन ।

दफा २८५ क्षतिपुर्ती भराई लिन सक्नेः कसैले यस परिच्छेद बमोजिम गरेको काम कारबाहीबाट कुनै व्यक्तिलाई क्षति हुन गएमा क्षतिबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपुर्ति भराई लिन सक्नेछ ।

दफा २८६ बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिना भित्र नालिस गर्न सक्नेछ ।
संधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु  पर्ने परिमाणको जग्गा नछोडी बनाएको मुलुकी देवानी संहिता ,२०७४ को दफा २८०

दफा २८० झ्याल राख्दा जग्गा छोड्नु पर्नेः कुनै व्यक्ति वा सरकारी निकायले संधियारको जग्गा तर्फ झ्याल वा ढोका राखी घर बनाउनु पर्ने भएमा सम्वन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्जा छोड्नु पर्नेछ ।

हद म्याद सम्वन्धी व्यवस्था नभएको ।
कसैको हक वा स्वामित्वमा भएपनि परापुर्वक देखि सार्वजनिक रुपमा प्रयोग हुदै आएको बाटो वस्तुभाउ निकाल्ने निकास वस्तुभाउ चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्यष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुरयाएको  मुलुकी देवानी संहिता ,दफा ३७१ र ३७३

दफा ६७१ भोग चलन वा प्रयोग गर्न दिनु पर्नेः

(१) कुनै जग्गामा कसैको हक स्वामित्व वा भोगचलन मए पनि परापुर्वक देखि सार्वजनिक वा सामुदायिक रुपमा हिँडी आएको बाटो पशु निकाल्ने निकास वस्तुभाउ चराउने चौर कुलो नहर पानीघाट पोखरी सार्वजनिक सडक ढल घोडेटो वा मूल बाटो पाटी पौवा अन्त्येष्टीस्थल मठ मन्दिर गुम्बा चैत्य मस्जिद ईदगाह कर्वाल कब्रिस्तान वा गिर्जाघर सामुदायिक विद्यालय अस्पताल वा त्यस्तै प्रकारका सार्वजनिक स्थला जुन प्रयोजनको लागि राखीएको हो सोही बमोजिम सम्वन्धित  व्यक्तिलाई प्रयोग गर्न दिन पर्नेछ ।

(२) उपदफा (१) मा लेखिएको व्यवस्थालाइ प्रतिकुल हुने गरी सुविधाभार प्रदान गर्ने जग्जा आवाद वा कमोद  गर्न  त्यसमा कुनै संरचना निर्माण गर्न वा त्यसको अन्य कुनै किसिमले भोगचलन गर्न वा गराउन पाउने छैन ।

 

दफा ६७३ बाटोको सुविधाभार प्राप्त गर्नेड्ड

(१) पहिले बाटोको निकास भएको घर जग्गामा पछि विपद् परी बाटो बिनाश भएमा त्यस्तो घर जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक मार्गसम्म पुग्ने मनासिब बाटोको सुविधाभार पाउनेछ।

(२) उपदफा (१) बमोजिमको बाटोको सुविधाभार वरिपरिको सबै घर वा जग्जाको स्वामित्ववालासँग माग गर्न पाउने छैन   र जुन दिशाबाट सार्वजनिक बाटोमा पुग्न सवभन्दा नजिक हुन्छ सोही दिशाको घर वा जग्गको स्वामित्वालासँग त्यस्तो सुविधाभार माग गर्न सक्नेछ ।

 

यसमा हदम्यादको व्यवस्था नभएको।
संघिय वा प्रदेश कानूनले स्थानीय तहबाट निरुपण हुने भनि तोकेका अन्य विवाद

मेलमिलापको माध्यमबाट मात्र सामाधान गरिनु पर्ने विषयहरुः

विवाद कानूनी व्यवस्था हदम्याद
एकाको जग्जा  अर्कोले च्यापी मिचि वा घुसाई खाएको (सरकारी ,सार्वजनिक वा सामुदायिक बाहेक) मुलुकी देवानी संहिता ,२०७४ को दफा २७७ र २८६

दफा २७७ सम्पति अनतिक्रम्य हुनेः (१) कसैले पनि अन्य व्यक्तिको सम्पति च्यापी मिचि वा कुनै तवरले खिचोला वा अतिक्रमण गर्न हुदैन ।

(२) उपदफा (१) बमोजिमको कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पति खिचोला वा अतिक्रमण गरेको मानिनेछ ।

दफा २८६ यस दफा बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो  काम बारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएका (सरकारी ,सार्वजनिक वा सामुदायकि बाहेक ) मुलुकी देवानी संहिता ,२०७४ को दफा २७९ ,२८५ दफा २८६ र दफा २८७

दफा २७९. सहमित नलिई अर्काको जग्गामा घर बनाउन नहुनेः (१) कसैले पनि स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन सक्नेछैन ।

(२) कसैले स्वामित्ववालाको लिखित सहमति नलिइ निजको जग्गामा घर बनाएमा जग्गाधनीले चाहेमा त्यस्तो  घरको बजार मूल्यको पच्चीस प्रतिशतसम्म कम मूल्यमा त्यस्तो घर खरिद गर्न पाउनेछ ।

(३) उपदफा (२) बमोजिम जग्गाधनीले त्यस्तो घर  खरिद गरी नलिएमा घरधनीले स्वामित्ववालाको मञ्जुर भएमा त्यस्तो घर भएको जग्जाको बजार मूल्यको पच्चीस प्रतिशतसम्म मूल्य थप गरी त्यस्तो जग्गा खरिद गर्न सक्नेछ ।

(४) उपदफा (२) वा (३) बमोजिम घर वा जग्गा खरिद बिक्री गरि लिन दिन  दुवै पक्ष मञ्जुरी नभएमा घर बनाउनेले त्यस्तो घर बनाएको मितिले तीन महिनाभित्र घर भत्काई आफ्नो मालसामन लैजानु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको अवधिभित्र घर नभत्काएमा त्यस्तो घर जग्गाधनीको हुनेछ ।

दफा २८५ क्षतिपुर्ती भराई लिन सक्नेः कसैले यस परिच्छेद बमोजिम गरेको काम बारबाहीबाट कुनै व्यक्तीलाई क्षती हुन गएमा क्षतिबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिव क्षतिपुर्ति भराई लिन सक्नेछ ।

 

दफा २८६ बमोजिम गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।

दफा २८७ अर्काको जग्गा भोगचलन गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिको हक ,भोग र स्वामित्वको जग्गा निजको मञ्जुरी नलिई आवाद गर्न वा भोगचलन गर्न वा गराउन हुदैन

पति पत्नी बीचको सम्वन्ध पति पत्नीबीचको सम्वन्ध विच्छेद नगर्ने गरी मात्र मेलमिलाप हुन सक्नेछ ।
अंगभंग बाहेक बढीमा एक बर्ष सम्म कैद हुन सक्ने कुटपिट मुलुकी अपराध संहिता ,२०७४ को दफा १९५ को उपदफा  २ को खण्ड (ख) र दफा १९९

दफा १९५ लापरवाहीपूर्ण काम गरी वा हेलचेक्रायाँई गरी कुटपिट गर्न वा अंगभंग वा अन्य चोट पुरयाउन नहुनेः (१) कसैले लापरबाहीपूर्वक काम गरी वा हेलचेक्त्रयाई गरी कसैलाई कुटपिट गर्न अंगभंग गर्न वा अन्य चोट पुरयाउन हुदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः

(ख) हेलचक्त्रायाई गरी त्यस्तो कसुर गरको रहेछ भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय

 

दफा १९९ दफा १९६ अन्तर्गतको कसुरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना भित्र नाघेपछि दफा १९७ अन्तरगत कसूरमा त्यस्तो व्यक्तिको होस आएको मितिले छ महिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसुर भएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्दैन ।क
गाली बेइज्जती मुलुकी अपराध संहिता,२०७४ को दफा ३०५ र ३०८

दफा ३०५ गाली गर्न नहुने (१) कसैले कसैलाई गाली गर्न हुदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा बचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

दफा ३०८ बमोजिम यस परिच्छेद अन्तर्गत भएको कसुर कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
लुटपिट मुलुकी अपराध संहिता ,२०७४ को दफा २८६ र २८८

दफा २८६ लुटपिट गर्न नहुनेः (१) कसैले लुटपिट गर्नु वा गराउनु हुदैन ।

(२) उपदफा ( १) को प्रयोजनका लागि कसैले आफ्नो हक नपुग्ने वा अन्य कसैकव स्वामित्व जिम्मा वा नियन्त्रणमा रहेकव सम्पति चोरी वा ठगी गरेकव अवस्थामा बाहेक अरु कुनै किसिमले जवरजस्ति गरी वा नगरी खोसी घरपकड वा लछार पछार गरी वा त्यस्तो गर्न धम्की दिई लैजाने वा हानी नोक्सानी गर्ने नियतले  कुनै काम गरेमा लुटपिट गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको विगोको पच्चिस प्रतिशतसम्म जरिवाना वा दुवै  सजाय हुनेछ र लुटपि६ भएको सम्पतिको बिगो कसुरदारबाट पिडीतलाई भराई दिनु पर्नेछ ।

दफा २८८ दफा २८४ र २८५ अन्तर्गतको कसुर त्यस्तो कसूर भएको मितिलर् छ महिनाभित्र र दफा २८६ को अन्तर्गतको कसूरमा सो भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुर त्यस्तो कसुर भएको  कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछी उजुरी लाग्नेछैन ।

 

 पशुपंछी छाडा छाडेको  वा पशुपंछी राख्दा वा पाल्दा लापरवाही गरी अरुलाई असर पारेको  मुलुकी देवानी संहिता ,२०७४ को दफा ६७६,६८२ र ६८४

दफा ६७६ पशुले गरेको हानी नोक्सानी वापत पशु धनीले दायित्व बेहोर्नु पर्नेः आफुले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई पुरयाएको हानी नोक्सानी वापतको दायित्व त्यस्तो पश् धनीले बेहोर्नु पर्नेछ । तर त्यस्तो पशुको स्वभावअनुसार पशु धनीले पर्याप्त सुरक्षात्मक  उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण राखेको अवस्थामा हानी नोक्सानी गरेकोमा वा हानी नोक्सानी पुगेको व्यक्तिकै काम त्रुटि वा हेलचक्राइबाट हानी नोक्सानी भएकोमा पशु धनीले दायित्व बेहोर्नु पर्नेछ ।

दफा ६८२ दायित्व वापत क्षतीपुर्ती व्यहोर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम भएको दुष्कृति वापतको दायित्व ब्यहोर्नु पर्दा दुष्कृति गर्नेले  क्षतिपुर्ति व्यहोर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम कुनै व्यक्तिको आफ्नै समेतको अकर्मण्यता त्रुटि लापरवाही वा हेलचक्त्रयाईको कारणबाट कुनै दुष्कृति भएको रहेछ भने त्यस्तो क्षतिपुर्तिको मात्रा कम हुनेछ ।

(३) उपदफा (१) बमोजिमको क्षतिपुर्ति बास्तविक रुपमा हानि नोक्सानी भएको विषयमा सिमित रहेको हुनु पर्नेछ र काल्पानिक वा अवास्तविक क्षतिपुर्ति वेहोर्नु पर्नेछैन ।

(४) क्षतिपुर्ति नगद जिन्सी वा सेवा कुनै पनि किसिमको हुन सक्नेछ ।

(५) परिच्छेद बमोजिम  हानी नोक्सानी भएकोमा त्यस्तो हानी नोक्सानी पुगेको व्यक्तिले यस परिच्छेदको अधिनमा रही क्षतिपुर्ति दावी गर्न सक्नेछ ।

दफा ६८४ यस परिच्छेद बमोजिम भउ गरेको काम कारवाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारवाही भए गरेको मितिले छ महिना भित्र नालिस गर्न सक्नेछ।
   अरुको घरमा अनाधिकृत प्रवेश गरेको मुलुकी अपराध संहिता ,२०७४ को दफा ३०२,३०३ र ३०४

दफा ३०३ अरुको आवासमा अनाधिकृत प्रवेश गर्ने नहुनेः(१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्वन्धित घरधनीको स्वीकृति बिना अनाधिकृत रुपमा प्रवेश गर्न , घर धनी वा निजको परिवारको  गोप्यता भङ्ग गर्न वा त्यस्तो घरको  खानतलासी गर्न वा गराउन हुदैन ।

(२) उपदफा  (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

दफा ३०३ क्षतिपुर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसुर गरी कसैलर् कुनै लाभ प्राप्त गरेको वा कसैलाई कुनै किसिमको हानी नोक्सानी हैरानी वा क्षति पुर्याएको रहेछ भने कसूरदार बाट त्यस्तो लाभ हानी नोक्सानी हैरानी वा क्षतिपुर्ति समेत भराई दिनु पर्नेछ ।

दफा ३०४ बमोजिम यस परिच्छेद अन्तर्गत भएको कसुरमा भए गरेको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोग चलन गरेको  मुलुकी देवानी संहिता ,२०७४ को दफा २८७ र २९८

दफा २८७ अर्काको जग्गा भोगचलन गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिको हक भोग  र स्वामित्वको जग्गा निजको मञ्जुरी विना आवाद गर्न वा भोगचलन गर्न वा गराउन हुदैन

 

दफा २९८ यस परिच्छेदमा भए गरेको काम कारवाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तव काम कारवाही भए गरेको थाहा पाएको मितितले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
ध्वनी प्रदुषणा गरी वा फोहोरमैला फालेर छिमेकीलाई असर पुरयाएको  वातावरण संरक्षण ऐन,२०५३ को दफा ७र १७

दफा ७ प्रदुषणको रोकथाम तथा नियन्त्रणाः (१) कसैले पनि वातावरणमा उल्लेख्यनिय प्रतिकुल प्रभाव पार्ने गरी वा जन जीवन र जन  स्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण सृजना गर्न वा तोकीएको मापदणंड विपरित कुनै यान्त्रिक  साधन ‌ओद्योगिक  प्रतिष्ठान वा अन्य कुनै ठाउँबाट ध्वनी ताप रेडीयोधर्मी विकिरण तथा फोहोरमैला निष्काशन गर्न गराउन हुदैन ।

(२) उपदफा (१) विपरित कसैले कुनै कार्य गरी वातावरणामा उल्लेखनीय प्रतिकुल प्रभाव पारेको देखिएमा सम्वन्धीत निकायले तत्सम्वन्धमा आवश्यक शर्तहरु तोक्न वा त्यस्तो कार्य गर्न नपाउने गरी रोक लागाउन सक्नेछ ।

(३) कसनै किसिमको पदार्थ इन्धन ‌ओजार   वा संयन्त्रको प्रयोगबाट वातावरणामा उल्लेखनीय प्रतिकुल प्रभाव परेको वा पर्ने  देखिएमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो पदार्थ इन्धन ओजार वा संयन्त्रको प्रयोगमा वन्देज लगाउन सक्नेछ ।

(४) प्रदुषणाको रोकथाम  तथा नियन्त्रण सम्वन्धी अन्य व्यवस्था तोकीए बमोजिम हुनेछ ।

दफा १७ क्षतिपुर्ति भराईदिनेः (१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निर्देशिका  विपरित प्रदुषण ध्वनी ताप वा हानिकारक फोहोरमैलाको सृजना वा निष्काशन गरेको वा कुनै दुर्घटनाजन्य प्रदुषणका कारणबाट कुनै व्यक्ति वा संस्थालाई कुनै हानी नोक्सानी पुग्न गएमा त्यस्तो कामबाट पिडित व्यक्ति वा संस्थाले आफुलाई पुग्न गएको क्षति वापत तोकिएको अधिकारी समक्ष क्षतिपुर्ति भराई पाउने निवेदन दिन  सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदनका सम्वन्धमा तोकिएको अधिकारीले छानविन तथा जाँचबुझ गर्दा हानी नोक्सानी भएको ठहराएमा  क्षतिको एकिन गरी त्यसरी हानी नोक्सानी पुरयाउने व्यक्ति संस्था वा प्रस्तावकबाट  पिडितलाई मनासिब क्षतिपुर्ति भराईदिनु पर्दछ  ।

हदम्याद सम्वन्धी व्यवस्था नभएको
प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर हुने अन्य देवानी र एक वर्ष कैद हुन सक्ने फौजदारी कसूरहरु  मुलुकी देवानी संहिता ,२०७४ का सबै विवाद मेलमिलापको माध्यमबाट सामाधन हुन सक्ने भएकाले सोको लागि मुलुकी देवानी संहिता ,२०७४ र मुलुकी देवानी कार्यविधि २०७४ का व्यवस्था अनुरुप

न्यायिक समितिले विवादको निरुपणा गर्दा वा मेलमिलाप गर्दा निम्न कुरामा ध्यान पुरयाउनु पर्दछः

(क)सो विवादको दुवै वा एक पक्ष सो स्थानीय तहको स्थायी वासिन्दा हुनु पर्ने

(ख) विवादसंग सम्वन्धित घर,जग्गा वा अन्य सम्पति सो स्थानीय तहको भौगोलिक क्षेत्रभित्र रहेको हुनु पर्ने

(ग) विवादको दुवै वा एक पक्ष  सो स्थानीइ तहको स्थायी वासिन्दा नभएतापनि  सो विवाद सम्वन्धी घटना सो स्थानीइ तहको भु भागभित्र घटेको हुनु पर्ने

(घ) विषयवस्तुको प्रकृतिकको कारण सो विवाद स्थानीइ तहले नै हेर्न उपयुक्त हुने भनि अन्य स्थानिय तह वा अन्य निकायबाट लेखी आएको हुनु पर्नेछ ।

न्यायिक समिति समक्ष पेश भएका निवेदन देवानी वा फौजदारी कुन प्रकृतिको हो भनि फरक छुट्याउने आधारहरुः

मुलुकी फौजदारी कार्यविधि संहिता ,२०७४ को दफा २ (ट) अनुसार देहायका विषयहरु देवानी विवाद वा मुद्दा हुन

(१) कानूनी हक ,हैसियत ,पद ,पारिवारिक सम्वन्ध वा सम्पति सम्वन्धी मुद्दा

(२) नाता कायम वा सम्वन्ध विच्छेद

(३) दस्तुर ,पारिश्रमिक ,तलव ,भत्ता वा ज्याला

(४) अंश ,अपुताली ,दान वकस ,इच्छापत्र ,संरछक ,माथवर ,मातर्क पैत्रिक ,अख्तियारी ,धर्मपुत्र वा धर्म पुत्र

(५) कुनै करार अर्ध करार वा अनुचित सम्वृद्धि अन्तर्गतको कुनै हक दावी

(६) दुष्कृति अर्धदुष्कृति वा त्रुटिपुर्ण उत्पादन सम्वन्धी हक वा दावी

(७) सुविधाभार

(८) क्षतिपुर्ति

(९) देवानी प्रकृतिको अन्य कुनै हक वा दायित्व  यी बाहेकका  सबै विवादहरु फौजदारी विवाद वा मुद्दा हुन ।

न्यायिक समिति र स्थानीय न्यायिक निकायः

संविधानले प्रदेश कानून बमोजिम स्थानीय स्तरका न्यायिक निकाय गठन गर्न सक्ने व्यवस्था गरेको छ । धारा १४८ को उपधारा (२)  स्थानीय तहमा रहने न्यायिक समिति र स्थानीय स्तरका न्यायिक निकायले एउटै निकायलाइ  जनाउलानकी भन्ने तर्फ हेर्दा  विभिन्न कारणले यी फरक फरक हुन भन्न सकिन्छ । पहिलो स्थानीय न्यायिक समितको सम्वन्धमा संविधानको स्थानिय कार्यपालिकाका भागमा उल्लेख गरिएको छ । दोस्रो संविधानमा फरक फरक नामलर् यिनिहरुलाइ सम्वोधन गरिएको छ । तेस्रो संविधानको व्यवस्था अनुसार नै स्थानीइ तहका न्यायिक समितिका बारेमा संघिय ऐनबाट व्यवस्था भइ सकेको छ ।

विवाद सामाधान गर्ने ठाउँ भनेको अदालत मात्र हो विवाद सामाधान गर्ने पदाधिकारी न्यायधिश मात्रै हुन अदालत बाहेकका  विवाद सामाधान गर्ने निकायको काम कारवाही पनि अदालती ढाँचा कै हुनु पर्छ विवाद सामाधान गर्ने जिम्मा पाएका पदाधिकारीहरुले आफुलाई अदालतका न्यायाधिश कै हैसियतमा राख्नु पर्दछ भन्ने मान्यता राखियो भने न्यायिक समिति सम्वन्धी संविधान र कानूनले गरेको कल्पना केवल कल्पना शिवाय अरु केही हुदैन । अदालतका न्यायाधिश हुन चाहिने योग्यता अवस्य पनि स्थानीय तहका निर्वाचित जनप्रतिनिधी सँग नहुन सक्तछ र हुदैन प्रयाय कुनै पनि विवादका बारेमा सुनिसकेपछि यो पक्षको कुरा ठीक हो  यो पक्षको कुरा ठीक होइन भनी सामान्य ज्ञानका आधारमा  एउटा निर्णयमा पुगिन्छ त्यसैगरी कुनै विवादमा निर्णयमा पुग्न कानूनको ज्ञान चाहिन्छ नै भन्ने पनि छैन ।

(अर्याल कञ्चन गाउँपालिका, रुपन्देहीको प्रशासन शाखा प्रमुख हुन् ।)

प्रतिक्रिया

सम्बन्धित समाचार