बजेट रोक्न खोज्ने वडाध्यक्षलाई प्रहरीले पौडीपोखरीमा चोबल्यो

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बजेट पारित गर्न अबरोध गर्ने एकजना वडाध्यक्षलाई प्रहरीले लतारेर स्वीमिङपुलमा चोबलेको छ । आईतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा बजेट पास गर्न रोक्दै हुलदंगा गरिरहेका तिलोत्तमा नगरपालिका –४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा चोबलेको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

पटक पटक स्थागीत हुँदै आइतबारका लागि बोलाइएको नगरसभामा बजेट पास गर्न अबरोध गर्दै नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले बिरोध गरेका थिए । आइतबार पनि ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा ४२ जनाको मात्रै हाजिरी भएपछि नगरप्रमुख रामकृष्ण खाँडले स्थगित गरेका थिए । यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा पनि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो ।

आइतबार नगरसभा स्थगित भएपछि कार्यालयमा मेयर रामकृष्ण खाँड र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा उपमेयर जागेश्वरी चौधरी, वडाध्यक्ष क्षेत्री सहितका एमालेबाट निर्वाचित अबरोध गर्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको थियो । सोही क्रममा अवरोध गर्न खोज्ने वडाध्यक्ष क्षेत्रीलाई प्रहरीले हटाउने क्रममा स्वीमिङपुलको पानीमा उछिट्टिएका हुन् ।

बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधीले बिरोध गरेका छन । नेपाली काँग्रेस निकट जनप्रतिनिधिले भने कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतको दम्भ देखाउदै एकलौटि गर्न दवाव दिएको र आफूले भनेको नभएपछि बजेटमा समेत अबरोध गरेको आरोप लगाएका छन् ।

घटनापछि उपमेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । ‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’, उपप्रमुख जागेश्वरीदेवी चौधरीले भनिन्, अब उनी स्वीकार्य छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार