राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

जेठ १० गते अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ। अहिले बजेटका सिद्धान्तमाथि संसद्‌मा छलफल चलिरहेको छ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते साँझ ६ बजे बस्ने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित समाचार