आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ जना शिक्षक पक्राउ

गुल्मी – आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका २ जना शिक्षक पक्राउ परेका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक निलकण्ठ बस्याल र शिक्षक प्रकाश भट्टराई पक्राउ परेका हुन् ।

उनीहरुमध्ये बस्यालले २०७८ भदौ देखि र भट्टराईले २०७८ मार्ग महिनादेखि आफैले पढाउने छात्रालाई यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० माधवराज खरेलले बताए ।

पक्राउ परेका शिक्षक भट्टराई र बस्याललाई हिरासतमा राखि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार