गुल्मी दरबारमा विपन्नलाई सहयोग गरेर अध्यक्षको पदबहाली, सुशासन कायम गर्न १० बुदे प्रतिवद्धता

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले एकजना विपन्न नागरिकलाई बिजुली जडानको लागि आर्थिक सहयोग गर्दै पदबहाली गरेका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

थापाले पदबहाली गर्नेवित्तिकै गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ की नर्मदा रेश्मीलाई घरमा बिजुली जडानको लागि १० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेका हुन् । रेश्मी अहिलेसम्म खरको छानोमुनि विद्युत सेवा समेत उपलब्ध नभएको अवस्थामा बस्दै आएकी थिइन ।

सहायताको निर्णय गर्दै अध्यक्ष थापाले अति विपन्न परिवारलाई समेटेर थप कार्यक्रम तत्काल ल्याउने बताए ।

आर्थिक सहायता सहित अध्यक्ष थापाले अन्य १० बुदे प्रतिबद्धता जाहेर गरेका छन् । उक्त प्रतिवद्दता पत्रमा भष्ट्राचार शुन्य सहनशीलता, नागरिक केन्द्रित सेवा प्रवाह, पारदर्शिता, नागरिकले स्थानीय सरकारको अनुभुत गर्ने गरि कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ,निरन्तर जनताको साथमा रहने ,कर्मचारी लाई जिम्मेवार र कर्तव्यबोध गराई सुशासन कायम गर्ने ,सुखी र समुन्नत गाउँपालिका निर्माण गर्ने लगायत छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले पालिका उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
गुल्मी दरबारमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा नेपाली काङ्ग्रेसले जितेको छ भने बाँकी ३ वटा वडामा एमालेले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार