चन्द्रकोटको पहिलो निर्णय : स्वास्थ्यबीमामा ५० प्रतिशत अनुदान, गर्भवतीलाई यातायात खर्च

गुल्मीको चन्द्रकोट गाउँपालिकाले जनतालाई स्वास्थ्यबीमामा ५० प्रतिशत अनुदान दिने र गर्भवतीलाई निःशुल्क यातायातको सुविधा उपलब्ध गराउने भएको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

पालिकाका नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्री शुक्रबार पदभार ग्रहण गर्दै बीमा र निःशुल्क यातायात सुविधा सम्बन्धी निर्णय गरेका हुन् ।

निर्णय अनुसार अब चन्द्रकोट गाउ“पालिका भित्रका विपन्न नागरिकले स्वास्थ्यबीमाका लागि ५० प्रतिशत अनुदान पाउने छन् ।

त्यस्तै गर्भवतीलाई प्रसुतीका लागि चन्द्रकोट भन्दा बाहिरका अस्पतालमा लैजानु परेमा पालिकाले तत्कालै एम्बुलेन्स वा यातायातका साधन निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार