धुर्कोट्का ‘मदन सर’को विदाई

रौतहटबाट गुल्मी आएर धुर्कोटको शिक्षा क्षेत्रमा ३३ वर्ष योगदान दिएका ‘मदन सर’को विदायी भएको छ । हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार सिँहले जागिरे जीवनबाट अवसकास पाएपछि विद्यालयले उनको विदायी गरेको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

अस्थायी शिक्षकको रुपमा २०३९ सालमा गुल्मीको धुर्कोट् आएका सिँह २०४८ सालमा मावि तृतीय श्रेणीको शिक्षकको रुपमा स्थायी भएका थिए । २०६७ मा मावि द्वितीय श्रेणीमा बढुवा भएका उनी २०६८ वैशाख १ देखि उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा रहेर काम गरे ।
जागिरे जीवनको ३३ वर्ष हिमालय उच्च माविमा मात्रै रहेर विताएका उनको गत वैशाख ४ गते अनिवार्य अवकास भएको थियो ।
रौतहटबाट गुल्मी आएर नियमितता र अनुशासनको पाठ सिकाएको निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले बताए ।

निमित्त प्रधानाध्यापक भण्डारीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रमुख अतिथी निवर्तमान प्रअ सिँहले धुर्कोटबासी र हिमालय उच्च मावि परिवारले देखाएको माया कहिल्यै नविर्षने बताए ।

विदाई समारोहका विशेष अतिथी वडा अध्यक्ष केशवराज भण्डारी, धुर्कोट गाउँपालिका शिक्षा शाखा प्रमुख दामोदर घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराम भण्डारी लगायतले निवर्तमा प्रअ सिँहले हिमालय माविको लागि गरेको योगदानको प्रशंसा गर्दै अवकाशप्राप्त जीवनको सुख र समृद्धिको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार