यी हुन् गुल्मीका १२ स्थानीय तह हाँक्ने अनुहार

रेसुंगाको मेयर, उपमेयरमा कांग्रेस विजयी

गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् । उनले ८ हजार ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।
रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।
रेसुंगा नगरपालिकाका १४ वडामध्ये कांग्रेसले १० र एमालेले ४ वडामा अध्यक्ष पद जितेका छन् । कांग्रेसका तर्फबाट वडा नं. २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं. १४ मा धनबहादुर पुन विजयी भएका छन् । त्यस्तै एमालेबाट वडा नं. १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ, ८ मा निरञ्जन थापा र ११ मा खुमबहादुर राना विजयी भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिकामा एमाले विजयी 

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर एमालेका उम्मेदवार विजयी भएका छन् । मुसिकोट नगरपालिकाको मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ र उपमेयमरमा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
नगर प्रमुखमा विजयी खरेलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरेका थिए । उपमेयरमा निर्वाचित श्रेष्ठका प्रतिद्वन्द्वी उपमेयरमा एकीकृत सामाजवादीका उम्मेदवार श्रीराम महतले ६ हजार ३ सय २३ मत ल्याएका छन् । नगरमा रहेका रहेका ९ वटा वडामध्ये ५ एमाले र ४ वडा कांग्रेसका उम्मेदवारले जितेका छन् ।

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।
अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्षपदमा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत पाएकी थिइन् । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ३ एमाले ३ वटा कांग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् ।अध्यक्ष र उपाध्यक्षसँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।
वडाध्यक्षतर्फ नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल विजयी भएका छन् । कँडेलले १ हजार ३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यबहादुर कुँवरले ८ सय ८२ मत ल्याएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा ८ सय ९० मतका सात कांग्रेसका रामबहादुर थापा विजयी हुँदा एमालेका सुमनकाकीले ५ सय ८२ मत प्राप्त गरे ।
कांग्रेसकै मुकेश थापा वडा नम्बर ६ मा ५ सय ८२ मतका साथ विजयी भए भने एमालेका बालसिं बस्नेतले ३ सय २६ मत ल्याए । वडा नम्बर ७ मा शालिकराम टण्डनले ९ सय ५४ मत प्राप्त गर्दा एमालेका शेरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार विजयी भएका वडामध्ये वडा नम्बर २ मा विष्णुप्रसाद गौतम १ हजार १ सय ६७ मतले विजयी हुँदा कांग्रेसका केसर सिं सारुले ८ सय ९३ मत प्राप्राप्त गरे । वडा नम्बर ४ मा देविराम पोख्रेल १ हजार २ सय ५२ मतका साथ विजयी हुँदा कांग्रेसका चित्रबहादुर डम्बरपालले १ हजार १ सय १९ मत प्राप्त गरे ।
त्यस्तै वडा नम्बर ५ को अध्यक्षमा ७ सय ६१ मत ल्याएर गुणानिधि पौडेल निर्वाचित हुँदा कांग्रेसका लिलाबहादुर बलाल मगरले ५ सय ८ मत प्राप्त गरे ।

धुर्कोटमा माओवादी एमाले गठबन्धन विजयी


गुल्मीको धुर्कोट गाउपालिकामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा माओवादी केन्द्रमा भुपाल पोखरेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकी सिता गिरी विजयी भएकी छन् ।
धुर्कोटमा एमाले–माओवादीको गठबन्धन र काग्रेस–नेकपा(एस)को गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
पोखरेलले नेपाली काग्रेसका महेन्द्रप्रसाद भण्डारीलाई १ हजार ८ सय २८ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । पोखरेलको ६ हजार ८९ मत प्राप्त भएको छ भने भण्डारीले ४ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी गिरीले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर सुनारलाई २ हजार ५ सय १३ मतले पराजित गरिन् । गिरीले ६ हजार १ मत ल्याउदा सुनारले ३ हजार ४ सय ८८ मत प्राप्त गरे ।
धुर्कोटमा तीनवटा वडा एमालेले, २ वटा माओवादी केन्द्रले र एउटा वडा नेपाली काग्रेसले जितेका छन्। वडाध्यक्षहरुमा एमालेबाट वडा नं. २ मा बाबुराम खड्का, वडा नं. ५ मा केशवराज भण्डारी र वडा नं. ७ मा लिलबहादुर खनाल विजयी भएका छन् ।
माओवादीबाट वडा नं. १मा चेतमान कु“वर र वडा नं. ४ मा बीरबहादुर कुवर विजयी भएका छन् । त्यस्तै वडा नं. ३ मा नेपाली काग्रेसका पदम विष्ट विजयी भएका छन् ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् ।अध्यक्षमा माओवादी केन्द्रका ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी गौतमले ५ हजार ४५१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६ सय ४६ मत पाएका छन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरूमध्ये ५ नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रले जितेको छ ।

गुल्मीको मालिका गाउँपालिकामा माओवादी-कांग्रेस प्यानल विजयी

गुल्मीको मालिका गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीराम अर्यालले ६ हजार १ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रितबहादुर थापाले ४ हजार ६ सय १७ मत प्राप्त गरेका छन् ।
थापा यसअघि नेकपा एमालेका तर्फबाट मालिका गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३ सय ३४ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी रनमाया पुनले ४ हजार ६ सय ९२ मत प्राप्त गरेकी छन् । त्यस्तै मालिका गाउँपालिकाका ८ वटै वडामा कांग्रेस-माओवादीको गठबन्धन विजयी भएको छ ।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेद्वार खड्काले नेकपा एमालेका हिराबहादुर अर्याललाई १ सय २५ मतले पछि पारेर र उपाध्यक्षमा कुँवर  ७ सय ८८ मतान्तरले विजयी भएका हुन् ।
खड्काले ५ हजार ५ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा कुँवर ५ हजार ९ सय ९ मतका साथ विजयी हुँदा एमालेका तर्फबाट विमला खत्रीले ५ हजार १ सय २१ मत ल्याएकी छन् ।
इश्माको ६ वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटा वडा नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसका वडा नं १ मा शेर बहादुर कुँवर, २ मा लोकनाथ आचार्य, ५ मा झविन्द्र अर्याल र वडा नम्बर ६ मा ढालबहादुर कुँवर विजयी भएका छन् । त्यसैगरी नेकपा एमालेको तर्फबाट इश्मा गाउँपालिकाको वडा नम्बर ३ मा ज्योतिराज कुँवर र वडा नम्बर ४ मा राजु बस्नेत वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

मदाने गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार १० मतले विजयी, उपाध्यक्षमा एमाले 

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार कुँवरले एमालेका प्रेम केसीलाई जम्मा १० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा विजयी कुँवरले ४ हजार ७ सय ७ मत ल्याउँदा गर्दा केसीले ४ हजार ६ सय ९७ मत ल्याए ।
पालिकाको उपाध्यक्ष पदमा भने एमालेबाट सरिता खड्का ३ सय ५६ मत अन्तरले विजयी भएकी छन् । खड्काले ४ हजार ५ सय ६५ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी) केन्द्रका वेगमबहादुर चन्दले ४ हजार २ सय ११ मत मात्र प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनका धेरै मत बदर हुँदा उपाध्यक्ष पद गुमेको माओवादी केन्द्रले जनाएको छ । गठबन्धनको उम्मेदवारहरुलाई क्रस मत धेरै बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्थानीय निर्वाचन २०७४ मा एउटा वडाध्यक्षबाहेक सबै जितेको एमालेले अहिले उपाध्यक्ष, २ वडाध्यक्ष र ३ जना वडासदस्य जितेको छ ।
वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट वडा नं. १ मा सुशील चन्द, ३ मा चेतबहादुर सेन, ४ मा प्रेमबहादुर सेन, ६ मा मनिराम थापा र ७ मा सन्तोष केसीले जितेका छन् ।
त्यस्तै एमालेको तर्फबाट वडा नं. २ मा हिमाल केसी र ५ मा माधव भुसाल विजयी भएका छन् । एमालेका तर्फबाट विजयी वडाध्यक्ष दुवैजना यसअघि पनि वडाध्यक्ष थिए ।

सत्यवती गाउँपालिकामा एमाले विजयी 

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा टिकाराम पाण्डे र उपाध्यक्षमा एमालेकै निरमाया तरामु विजयी भएका हुन् ।
कांग्रेस, माओवादी, राष्ट्रिय जमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका पाण्डेय विजयी भएका हुन् । पाण्डे ६ सय ५६ मतान्तर र उपाध्यक्षमा तरामु ६ सय ६३ मतान्तरले विजयी भएका हुन्।
पाण्डेले ६ हजार २६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा तरामु ६ हजार २ सय ३४ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज कुमारी थापाले ५ हजार ५ सय ४१ मत ल्याएकी छन् । सत्यवतीमा वडाध्यक्षहरुमा पनि एमालेको बहुमत छ । ५ वडा एमालेले जितेको छ भने गठबन्धनले ३ वडा जितेको छ ।

गुल्मीको चन्द्रकोटमा गठबन्धनबाट माओवादीका केसी विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार युवराज केसी र उपाध्यक्षमा कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका हुन् ।
अध्यक्षमा विजयी केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ४ सय ५३ मत अन्तरले विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउँदा एमालेका बस्नेतले ३ हजार २ सय ४७ मत ल्याए ।
यस्तै उपाध्यक्षमा भण्डारी निकटतम प्रतिद्वन्द्वी एमालेका राधिका अर्यालसँग १ हजार २ सय मत अन्तरले विजयी भए । भण्डारीले ५ हजार १६ मत ल्याउँदा ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।

गुल्मीकोे छत्रकोटमा एमाले विजयी

गुल्मीकोे छत्रकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएका छन् ।
काँग्रेस–जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६३८ मतान्तर र उपाध्यक्षमा सावित्रा ज्ञवाली १ हजार ३ सय ४८ मतान्तरले विजयी भएका हुन् ।
पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत ल्याए ।त्यस्तै उपाध्यक्ष पदमा ज्ञवाली ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।
छत्रकोटमा वडाध्यक्षहरुमा भने काँग्रेस एमालेले ३/३ वडा जितेका छन् । काँग्रेसका तर्फबाट वडा नं. १ मा घनश्याम न्यौपाने, २ मा नरेन्द्रबहादुर पल्ली र ५ मा रामप्रसाद कंडेल विजयी भएका छन् ।त्यस्तै एमालेका तर्फबाट वडा नं. २ मा तेजकान्त अर्याल, ४ मा गुणाकर ज्ञवाली र ६ मा नारायण रेश्मी विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार