सत्यवतीको अध्यक्षमा एमालेका पाण्डे र उपाध्यक्षमा तरामु विजयी

गुल्मीकोे सत्यवती गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का टिकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामु विजयी भएका छन् । काँग्रेस, माओवादी, राष्ट्रिय जमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका पाण्डेयले ६ सय ५६ मतान्तर र उपाध्यक्षमा तरामु ६ सय ६३ मतान्तरले विजयी भएका हुन्।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

पाण्डेले ६ हजार २६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत ल्याए ।

त्यस्तै उपाध्यक्ष पदमा तरामु ६ हजार २ सय ३४ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका तेज कुमारी थापाले ५ हजार ५ सय ४१ मत ल्याएकी छन् ।

सत्यवतीमा वडाध्यक्षहरुमा पनि एमालेको बहुमत छ । ५ वटा एमालेले जितेको छ भने गठबन्धनले ३ वटा वडा जितेको छ ।
एमालेको तर्फबाट वडा नं. १ मा अर्जुन कनौजे, २ मा खड्गविर थापा, ४ मा पिताम्बर ज्ञवाली, ७ मा लोक बहादुर बुढाथोकी र ८ मा होमबहादुर राना विजयी भएका छन् ।

त्यस्तै काँग्रेसको तर्फबाट वडा नं. ५ मा वावुराम ज्ञवाली र ६ मा विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । वडा नं. ३ मा भने माओवादी केन्द्रका जितु तरामु मगर विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार