८० स्थानीय तहको मतगणना सकिँदा एमाले पहिलो, कुन पार्टीको कति जित ?

स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार बिहान साढे ६ बजेसम्ममा ८० वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अन्तिम नतिजा आएका स्थानीय तहमध्येमा नेकपा एमाले पहिलो, नेपाली काँग्रेस तेस्रो स्थानमा छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

जसमा नेकपा एमाले २९, नेपाली कांग्रेस २८, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३७, एमाले २५, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६४, एमाले १६६, माओवादी केन्द्र ९५ र एकीकृत समाजवादीले १७ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २९, लोकतान्त्रिक समाजवादी पार्टीले ११ र अन्यले स्थानमा अग्रता लिइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार