लुम्बिनी प्रदेशबासीलाई खुसीको खबर : भोलीदेखि कुवेत- भैरहवामा उडान शुरू

स्थानीय समयअनुसार आइतबार (आज) रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो । जजिरा एयरवेजका सीईओ रोहित रामचन्द्रले यो उडान नियमत हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

कुवेतबाट आइतबार स्थानीय समय अनुसार साढे ६ बजे उड्ने पहिलो विमान भैरहवामा बिहान पौने २ बजे अवतरण हुनेछ। नेपालकोभन्दा कुवेतको समय करिब ३ घण्टा ढिला गणना हुन्छ । इतबार, मंगलबार र बिहीबार कुवेत इन्टरनेसनल एयरपोर्टबाट भैरहवाका लागि उडान हुनेछ ।

त्यस्तै बुधबार, शुक्रबार र सोमबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ । स्थानीय समयअनुसार भैरहवाबाट बिहान साढे २ बजे उडान हुनेछ । कार्गो तथा व्यवसायिक उडान गर्दै आएको जजिरा एयरवेजले मध्यपूर्वी, दक्षिण एसिया तथा अफ्रिका र यूरोपमा समेत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार