गुल्मी दरबारमा फेरी पनि काँग्रेस : अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

पुरानो विरासत जोगाउँदै गुल्मीको गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काग्रेस विजयी भएको छ । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेंगा विजयी भएका हुन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

अध्यक्षमा ५६४ मतान्तरले विजयी थापाले ६ हजार १६६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् । उनीहरुको मत अन्तर ७ सय ७७ मत छ ।

अध्यक्ष र उपाध्यक्ष सँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली काँग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।

वडाध्यक्ष तर्फ नेपाली काँग्रेसबाट वडा नं. १ मा राजेन्द्र कँडेल विजयी भएका छन् । कँडेलले १ हजार ३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका सूर्यबहादुर कुँवरले ८८२ मत ल्याए । वडा नं. ३ मा ८९० मतका सात काँग्रेसका रामबहादुर थापा विजयी हुँदा एमालेका सुमनकाकीले ५८२ मत प्राप्त गरे ।काँग्रेसकै मुकेश थापा वडा नं. ६ मा ५८२ मतका साथ विजयी भएभने एमालेका बालसिं बस्नेतले ३२६ मत ल्याए । वडा नं. ७ मा शालिकराम टण्डनले ९५४ मत प्राप्त गर्दा एमालेका सेरबहादुर कार्कीले ५७२ मत ल्याए ।

त्यस्तै एमालेका उम्मेदवार विजयी भएका वडामध्ये वडा नं. २ मा विष्णु प्रसाद गौतम १ हजार १ सय ६७ मतले बिजयी हुँदा काँग्रेसका केसर सिं सारु ८९३ मतका ल्याए । वडा नं. ४ मा देविराम पोख्रेल १ हजार २ सय ५२ मतका साथ विजयी हुँदा काँग्रेसका चित्रबहादुर डम्बरपालले १ हजार १ सय १९ मत प्राप्त गरे । त्यस्तै वडा नं. ५ मा ७६१ मतका साथ गुणानिधि पौडेल विजयी हुँदा काँग्रेसका लिलाबहादुर बलाल मगरले ५०८ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार