गुल्मीमा १८ वडाको मतगणना : १० मा काँग्रेस, ७ मा एमाले, १ मा माओवादी विजयी

गुल्मीका ९३ वडामध्ये १८ वटा वडामा मतगणना सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाका १० वटा, गुल्मी दरबारमा ३, सत्यवतीमा २ वटा, छत्रकाेट, मदाने र चन्द्रकोटको १/१ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

मतगणना सकिएका १८ मध्ये १० वटा वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार, ७ मा एमाले र १ मा माओवादी केन्द्र विजयी विजयी भएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल,  ७ मा रामजी प्रसाद पन्थी, ९ मा कृष्ण प्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत  विजयी भएका छन्।

त्यस्तै काँग्रेसकै तर्फबाट गुल्मी दरबार १ मा राजेन्द्र कँडेल, ७ मा शालिकराम टण्डन विजयी भएका छन्। मदाने गाउँपालिका १ मा पनि काँग्रेसकै शुशिल चन्द विजयी भएका छन् ।

नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा राम प्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा बिजयी भएका छन् । त्यस्तै सत्यवती गाउँपालिका वडा नं. १ मा अर्जुन कनौजे र वडा नं. ८  भार्सेमा एमालेकै हाेमबहादुर रानाले वडाध्यक्ष जितेका छन् । छत्रकोट गाउँपालिका ६ मा एमालेका नारायण रेश्मी र गुल्मी दरबार गाउँपालिका २ मा एमालेकै विष्णु गौतम विजयी भएका छन् ।

जिल्लाकोट चन्द्रकोट गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र) का घनश्याम खरेल बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार