मौन अवधिमा कार्यकर्ताको ड्युटि : चोक चोकमा कुर्ने, आफूले बाँड्ने अरुलाई रोक्ने

भोलि३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि मौन अवधि शुरु भएपछि राजनीतिक दलका कार्यकर्ता चोक चोकमा ड्युटी बसेका छन् । मौन अवधिमा प्रतिस्पर्धी दलका कार्यकर्ताले मतदाता प्रभावित गर्न सक्ने आशंकले उनीहरुलाई रोक्न बुधबार बिहानैदेखि दलका कार्यकर्ताहरु चोक चोकमा कुरेर बसेका हुन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

सदरमुकाम रेसुङ्गा नगरपालिका लगायत जिल्लाका प्रायः सबै स्थानीय तहमा बुधबार दिनभरजसो समूह बनाएर चोक चोकमा भेला भएका थिए । अधिकांश ठाउँमा बुधबार रातको समयमा पनि चोक चोकमा दलका कार्यकर्ता समूह समूह बनाएर बसेको देखिन्छ । सदरमुकाम तम्घासबाट पश्चिमतर्फ तम्घास देखि छल्दी पनाहासम्म नै सडकको छेउमा २÷३ जनाको समूहमा दलका कार्यकर्ताहरु समूह बनाएर बसेका छन् ।

मौन अवधि शुरु नहुँदासम्म उम्मेदवारसँगै सभा र घरदैलो अभियानमा व्यस्त भएका कार्यकर्ता मौन अवधि शुरु भएपछि मतदाता प्रभावित पार्नका लागि नगद, खाद्यान्न, मदिरा तथा अन्य जिन्सी समेत वितरण गर्ने गर्दछन् । कतिपय दलका कार्यकर्ता यो अवधिमा खाद्यान्न तथा नगद सहित पक्राउ समेत परेका छन् ।

त्यसरी पैसा र सामान बाँडेर मतदाताको भोट प्रभावित गर्ने काम रोक्नका लागि २ दिनसम्म चौविसै घण्टा चोक कुरेर बस्ने पार्टीको निर्देशन रहेको रेसुङ्गा ४ अर्खलेमा ड्युटि बसेका एकजनाले बताए । ड्युटी बसेकाहरुको उद्धेस्य अरु पार्टीलाई पैसा र खाद्यान्न बाँड्नबाट रोक्नु मात्र होइन, अरु पार्टीका कार्यकर्ता लाई चोकमै रोकेर भुलाउने र आफ्नो पार्टीले गाउँ पसेर नगद, जिन्सी तथा खाद्यान्न बाड्ने पनि गरेका छन् ।

कतिपय स्थानीय तहमा भने चोकमा बसेका कार्यकर्ता मदिराले लठ्ठ परेको अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार