गोकर्ण विष्टजस्ता काउले नेतालाई राजनीतिबाट हटाउँ : मन्त्री झाँक्री

नेकपा (एकिकृत समाजबादी) पार्टी सचिव रामकुमारी झाक्रीले एमाले नेता गोकर्ण विष्टले गुल्मीमा काउले भाषण बाहेक केही दिन नसकेकोले राजनीतिबाट विस्थापित गर्नुपर्ने बताएकी छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

गुल्मीको मालिका ८ सिमलटारीमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भाषण बाहेक केही दिन नसक्ने नेतालाई विस्थापित गर्नुपर्ने बताइन् । ‘२०५६ सालदेखि तपाइँको भोट पाएर जित्दै गरेका पात्रहरुले उही प्रबृत्तिका, उही लबजका काउलो पार्ने भाषण बाहेक के चाहीँ दिए ?’, विष्टको नाम नलिईकनै उनले भनिन् ‘अब हामी व्यवस्थाभित्र स्थायीत्व खोजेका छौँ, नेपाली राजनीतिबाट ओझेलपार्न चाहन्छौँ भने आज सहि निार्णय गर्ने बेला आएको छ ।’

त्यसका लागि वैशाख ३० गतेको स्थानीय निर्वाचन पहिलो प्रारम्भ भएको बताइन् । सचिव झाँक्रीले विष्टलाई नहटाए उनले सत्ता र शक्तिमा रहीरहनका लागि मेहनेन नगरीकनै पैसा कमाउने (भ्रष्टाचार गर्ने) बाटो रहीरहने तर्क गरिन् ।

‘३० वर्षदेखि एउटै व्यक्तिका, एउटै रटानका कुराहरु सुन्दै हामीले जे भोगिरहेका छौँ यो बाट हाम्रो जीवन फेरीनेवाला छैन, हाम्रा पूर्वाधारहरु फेरिनेवाला पनि छैनन्’, उनले भनिन्, ‘बरु खराब पात्रहरुले आफू सत्ता र शक्तिमा बिराजमान भइरहनका लागि उनीहरुले गरेका हत्कण्डाले केही मान्छेहरुलाई हामीले इजिमनि कमाउने बाटो दिईरहेका छौँ ।’

त्यही मेहनेत नगरि कमाएको पैसाले एमालले चुनावमा सवारी साधन कब्जा गरेर अरु पार्टीका चुनावी कार्यक्रम समेत प्रभावित गरेको आरोप लगाइन् । ‘उनीहहरुलाई नहटाउने हो भने मेहनेत गरेको कमाईद्वारा प्रत्येक खेप निर्वाचन कब्जा गर्ने धन्दामा प्रोत्साहन गर्ने छौं’, उनले भनिन्, ‘आज सहि बेला छ निर्णय गर्ने, यो निर्णयाबाट हामी नचुकौं ।’

केपी ओलीको सरकारले ४२ महिना सत्तामा रहँदा भष्ट्राचार गरेको रकमले अहिले चुनावमा सबै सवारी साधन एमालेले ठेक्कामा लिएको उनको आरोप छ । मन्त्री झाँक्रीले जनताका आधारभूत आवश्कता परिपूर्ति र देशको विकास गर्न राजनितिमा नयाँ पुस्ता आएकाले नयाँ संकल्पका साथ गठबन्धन अगाडी बढ्ने बताईन ।

प्रतिक्रिया

सम्बन्धित समाचार