गाउँपालिका अध्यक्ष जितेमा आफ्नो पारिश्रमिक अपाङ्ग, असहाय र गरिबलाई  दिने घोषणा

गुल्मीको सत्यवती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार टीकाराम पाण्डेले आफूले पाउने पारिश्रमिक कल्याणकारी कार्यमा खर्चने उद्घोष गरेका छन् । नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनेका पाण्डेले आफूले निर्वाचन जितेमा आफ्नो पारिश्रमीक असहाय, अपांग, आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूको लागी खर्चने बताए ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

आफूले पाउने पारिश्रमिकलाई कल्याणकारी कोष खडा गरी सामाजिक कार्यमा खर्चने गरी आफूले योजना बनाएको बताए । पछिल्लो समय युवाहरू श्रम बेच्नकै लागी बिदेसिनुपर्ने अवस्था आएको भन्दै ऊर्जावान् युवाहरूलाई स्वदेशमा टिकाई राख्न विशेष योजना बनाएको बताए ।

युवाहरूलाई व्यवसायीक रुपमा कृषि र पशुपालनमा लगाई बजारको ग्यारेन्टी गाउँपालिकाले लिने र उत्पादनमा आधारित अनुदान दिन सकिने उनको भनाई छ । पाण्डे सँग नेपाली कांग्रेसका पारिश्वर ढकाल प्रतिस्पर्धामा छन् ।

उनी नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका उम्मेदवार हुन् । ढकाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अमर सिंजापतीलाई पराजित गर्दै बिजयी भएका थिए ।

सत्यवतीमा १९ हजार २२५ मतदाता छन भने त्यहाँ १६ वटा मतदान स्थल र २७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार