आज विश्व प्रेस स्वतन्त्रता दिवस : डिजिटल घेराबन्दीमा पत्रकारिता

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न कार्यक्रम गरेर विश्वभर मनाइदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।

यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा उरुग्वेमा ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ शीर्षकमा विश्वव्यापी सम्मेलन भइरहेको छ।

हिजो २ मेबाट उरुग्वेमा सुरु भएको सम्मेलन ५ मेसम्म चल्नेछ। विश्वमा मिडियासँग सरोकार राख्ने संस्था र व्यक्तिहरूले हिजो, आज र भोलि यही विषयमा केन्द्रित रहेर औपचारिक तथा अनौपचारिक रूपमा छलफल भैरहेको छ ।

‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२२, प्रेस स्वतन्त्रता र गोपनीयताको हकमाथि निगरानीको मात्रा बढेका कारण चुनौती थपिएका विषयमा नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, अभियन्ता, साइबर–सुरक्षा व्यवस्थापक तथा कानुनका ज्ञाताहरू विमर्श गरुन्’ युनेस्कोले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ, ‘सरोकारवालाहरूको एकीकृत विमर्शले नै समस्याको समाधान गर्नेछ ।’

आचारसंहिता पालना नगरी डिजिटल माध्यमको प्रयोग गर्नेहरूका कारण डिजिटल युग चुनौतीपूर्ण भएको अवस्थामा अहिले पत्रकारिता चलिरहेको छ । त्यसैले डिजिटल युगलाई सदुपयोग गर्दै व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने अनिवार्यता छ ।नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार