लेखापरीक्षण गर्दा इमान्दारिता कायम गर्न सीएहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षण गर्दा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने भएकोले यस विषयमा ध्यान दिन लेखापरीक्षकहरूलाई निर्देशन दिएका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले अर्थतन्त्र सबलीकरणका लागि त्यसलाई मर्यादित र पारदर्शी बनाउन निर्देशन दिएका हुन् ।

‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरू (लेखापरीक्षक) ले ख्याल राख्नुहोला,’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

उनले लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाब–किताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए । सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख हुन नहुने उनका ेभनाई छ ।

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको उनले बताए । कार्यक्रममा आईक्यानका अध्यक्ष युद्धराज ओलीले पहिलोपटक आयोजना भएको लेखा व्यवसायी सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भिर रूपले चिन्तन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार