वडाध्यक्षपदमा महिलालाई वेवास्ता, जम्मा २ प्रतिशत मात्र उम्मेदवारी

सरकारको प्रतिनिधित्व गरेर प्रत्यक्ष रुपमा जनताका काम गर्ने महत्वपूर्ण पद वडाअध्यक्षमा राजनीतिक दलहरुले महिलाहरुलाई नगन्य मात्रामा उम्मेदवार बनाएका छन् । स्थानीत तहको निर्वाचन २०७९ को लागि राजनीतिक दलहरुले जम्मा २ दशमलव ९० प्रतिशत मात्र उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

आयोगका अनुसार वडाध्यक्षका लागि क्रूल ३२ हजार ४८२ उम्मेदवारमध्ये महिलाको उम्मेदवारी जम्मा ९४५ मात्र रहेको छ । नेपालमा ६ हजार ७४३ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । त्यसमध्ये ४३ जनाको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित हुने पक्का छ भने बाँकी ६ हजार ७०० वडाध्यक्षका लागि निर्वाचत हुँदै छ ।

आयोगका अनुसार ४२४ वटा स्थानीय तहमा मात्रै वडाध्यक्षमा महिला उम्मेदवारी परेको छ । काठमाडौं महानगरमा २३ र धरान उपमहानगर १६ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम उपमहानगरमा १६ र पोखरा महानगरमा ११ जना महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडाध्यक्षहरुलाई ७ प्रकारको जिम्मेवारी तोकिएको छ । वडा समितिको अध्यक्ष भई काम गर्नेदेखि वडाको विकास निर्माण, सिफारिस तथा प्रमाणिकरण अनि अरु अतिरिक्त कामहरु वडाध्यक्षको हो । उनीहरुले वडा सदस्यहरुको समन्वयमा टोल र समुदायको विकास निर्माणको कामका साथै वडाको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रगत विकासका काम समेत गरिरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार