बार्गेनिङ र गाँजा तस्करी अभियोगमा गुल्मीका २ जना पक्राउ, पक्राउ पर्ने धुर्कोटकी बसन्ता र मदानेका सन्तोष

विभिन्न आपराधिक कृयाकलाप गरेको अभियोगमा गुल्मीका दुई युवा काठमाडौं र अर्घाखाँचीबाट पक्राउ परेका छन् ।  धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा धुर्कोटकी बसन्ता खनाल र गाँजा तस्करी गरेको अभियोगमा मदानेका सन्तोष चन्द पक्राउ परेका हुन् । 

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधाराकी खनाललाई योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोप छ । उनीसँगै उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक बिक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलाञ्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौं सिनामंगलका ३३ वर्ष श्रवण कार्की पनि पक्राउ परेका छन् ।  

उनीहरुमध्ये केही पत्रकार समेत रहेको बताइएको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

मदाने वडा नं.अग्लुङ्ग घर बताउने २९ वर्षीय सन्तोषलाई भने अर्घाखाँचीको पाणिनी गाउँपालिका ४ निगाली देउरालीबाट ४ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो।  कानुनतः नेपालमा गाँजालाई अवैध लागू औषधको रुपमा लिइन्छ । यसको ओसार पसारमा प्रतिबन्ध छ । 

निगाली देउरालीबाट बुटवल जाने बसमा गाँजा लिएर जाने लागेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी खिदीमबाट खटेको टोलीले खानतलासी गर्दा ४ केजी गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार