गुल्मीमा पनि बालेनको विजय जुलुस, तम्घासका प्रभावशाली युवा व्यवसायीहरु सहभागी 

स्वतन्त्र रुपमा उम्मेदवारी दिई काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित बालेन्द्र साह (बालेन) को विजय उत्सव गुल्मीको सदरमुकाम तम्घासमा पनि सम्पन्न भएको छ । साहका समर्थक तथा राजनीतिक दलभन्दा भिन्न भई स्वतन्त्र नेतृत्वका पक्षधरहरुले तम्घासमा विजय जुलुस सम्पन्न गरेका हुन् । 

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

रेसुङ्गा नगरपालिका ८ तम्घासको चिदीचौरबाट शुरु भएको जुलुस लाँकुरीमञ्च, पुरानो बजार, पुतलीबजार, मिलनचोक, उदिनढुंगा, साहुटोल, नयाँबजार, खानीगाउँ, भगवती मन्दिर हुँदै बजार परिक्रमा गरेको थियो । 

जिल्ला सदरमुकामका युवा व्यवसायी श्याम क्षेत्री, निशेष श्रेष्ठ, सुरेश श्रेष्ठ, राजु पाण्डे, भरत थापा, नारायण जिसी, राजु नेपाल, निरोज मरासिनी, पशुपति भलामी, गणेश पाण्डे, गिरीराज चालिसे, सुदर्शन खनाल, लाल बहादुर खत्री,  नारायण हमाल, राजन केसी लगायतले संयोजन गरेको ¥यालीमा दर्जनौं युवाहरु स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए ।

प्रभावशाली युवा तथा व्यवसायीहरु स्वतन्त्र नेतृत्वको पक्षमा जुलुस निकालेपछि तम्घासमा राजनीतिक बृत्तमा बहस शुरु भएको छ । वर्तमान राजनीतिक नेतृत्वले राम्रो काम नगरेमा रेसुङ्गामा पनि आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा जनमत सिर्जना हुन सक्ने देखिएको छ । 

जुलुसकै क्रममा विगतमा विभिन्न राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरुले समेत चाँसो व्यक्त गर्दै आफूहरु स्वतन्त्र नेतृत्वको पक्षमा रहेको भन्दै सहयोग र समर्थन गर्ने बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार