भत्केको सडक बनाउन मजदुरसँगै खट्दै वडाध्यक्ष काउछा

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापा काउछा भत्केको सडक मर्मत गर्न मजदुरसँगै आफै खटिएका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

गुल्मी अस्पताल नजिकै लामो समयदेखि सडक भत्केर आवतजावतमा समस्या भएको गुनासो आएपछि वडाध्यक्ष काउछा आफै सडक मर्मतमा खटेका हुन् ।

तम्घास बजारको बीचमा रहेको उक्त सडक गुल्मी अस्पताल, नेपाल टेलिकम, वडा कार्यालय तथा पर्यटकीय क्षेत्र रेसुङ्गा आवतजावत गर्ने सडक हो । लामोसमयदेखि भत्केको उक्त सडकमा केहीदिनअघिको वर्षातको पानीले थप क्षती पु¥याएको थियो ।

बुधबार गुल्मी अस्पतालको कर्मचारी बैठकमा अक्सिजन सिलिण्डर समेत ल्याउन/लैजान समस्या परेको विषय उठेपछि अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीलाई उक्त सडकको बारेमा जानकारी गराएका थिए ।

मेयर पन्थीले तत्काल उक्त सडकको अनुगमन गरि ममर्त गर्ने बताएका थिए । बिहीबार देखि वडाध्यक्ष काउछाले भत्केको सडक र नजिकैको नालि मर्मत तथा सरसफाईँमा आफै खटेका हुन् । तत्कालका लागि उक्त सडकमा गिटी राखेर आवतजावतमा सहज बनाउने र चाँडै नै पक्की गर्ने वडाध्यक्ष काउछाले बताए ।

विकासका काममा आफै खटेका काउछालाई धन्यवाद दिँदै स्थानीयले ५ वर्षसम्म यसरी नै जनताको माझमा रहन भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार