शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न निर्देशन

शिक्षक र कर्मचारी राजनीतिमा आवद्ध भएर प्रशासनिक र शैक्षिक क्षेत्र विगारेको गुनासो जनताततै सुनिन्छ । तर उनीहरुलाई राजनीतिमा नलाग्नू भनेर हटाएको कतै सुनिँदैन । किनकी शिक्षक र कर्मचारीले नै राजनीति धानिदिएका कारण उनीहरुलाई असन्तुष्ट पार्ने हो भने नेताकै राजनीति सकिन्छ भन्ने भ्रम छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

तर स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएका एकजना स्थानीय सरकार प्रमुखले राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएका छन् ।

बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले यस्तो निर्देशन दिएका हुन् । नगर कार्यपालिकाको पहिलो बैठकले विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए । ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’

चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई माओवादी केन्द्रबाट राजापुरको मेयरमा निर्वाचित भएका हुन् । शिक्षा क्षेत्रमा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै राजनीतिबाट टाढा राख्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार