गुल्मीमा चट्याङ्ग लागेर एकजना महिलाको मृत्यु

गुल्मीमा चट्याङ्ग लागेर एकजना महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ् लागेर मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको मृयु भएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

मृतकको पोष्टमार्ट गरि शव दाहासंस्कारका लागि परिवारलाई बुझाईसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार