भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा प्रयोगकर्ताले पूरै भिडियो नहेरी आफुलाई मनपर्ने हिस्सा मात्र छुटयएर हेर्न पाउने भएका छन् । युट्युवले विभिन्न नयाँ फिचर्स थप गर्ने क्रममा प्रयोगकर्तालाई भिडियो च्याप्टर फिचर प्रयोग गरी कुनैपनि भिडियोको निश्चित खण्ड हेर्न सक्ने व्यवस्था गरेको हो ।
यतिमात्र होइन, कम्पनीले युट्युबको मोबाइल एप तथा वेब दुबै भर्सनमा अन्य नयाँ फिचरहरु समेत थप गरेको छ । जसमा मोस्ट रिप्लेड फिचर पनि छ । जुन सबैभन्दा खास रहने युट्युवले जनाएको छ । यो फिचरले प्रयोगकर्तालाई उसले हेरिरहेको भिडियोको सबैभन्दा लोकप्रिय भाग कुन हो भनेर बताइदिनेछ ।
प्रयोगकर्ताले अब आइओएस, एन्ड्रोइड तथा डेस्कटप कुनैपनि प्लाटफर्ममा युट्युब हेर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
युट्युबले भिडियो प्लेयर सँगै एउटा ग्राफपनि थप गरेको छ जसले भिडियोमा सबैभन्दा धेरै रिप्ले गरिएको हिस्साको बारेमा जानकारी गराउँदछ । उक्त ग्राफको प्रयोग गरी प्रयोगकर्ताले सजिलैसँग पूरै भिडियो स्क्रोल गर्न सक्दछन् र सबैभन्दा धेरै प्ले गरिएको हिस्सा हेर्न सक्दछन् ।
त्यस्तै युट्युबले सिंगल लूप फिचर पनि थप गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै भिडियोलाई लूप गरेर हेर्न सक्दछन् ।
त्यस्तै युट्युबले Seek to Exact Moment फिचर पनि थप गरेको छ । यो फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । एजेन्सीको सहयोगमा