हवाई भाडा रू ९० देखि ४४५ सम्म बृद्धि, कुन रूटकाे कति बढ्याे?

सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि नेपालमा वायुसेवा सञ्चालकहरुले हवाई भाडा समेत बढाएका छन् । संघले बुधबारदेखि लागु हुने गरि विभिन्न ११ रुढको हवाईभाडा बढेको जानकारी गराएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

संघका अनुसार काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं – धनगढी ४४५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

भाडा बढेपछि काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यसअघि हवाई इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अहिले इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार