छि! महिला विद्यालय बेहाल पार्ने फोहोरी कार्यकर्ताले के विकास गर्लान् ?

मतगणनामा पुगेका राजनीतिक दलका कार्यकर्ताले जथाभावी थुकेर रूपन्देहीको करुणा महिला विद्यालयमा बेहाल बनाएका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

लुम्बिनी साँस्कृतिक नगरपालिकाको निर्वाचन तथा मतगणनामा पुगेका दलका कार्यकर्ता, त्यहाँ खटेका कर्मचारी र उम्मेदवारका प्रतिनिधिले पान पराग थुकेर विद्यालय परिसरमा बेहाल पारेका हुन् । 

पान पराग थुकेका कारण विद्यालयको पहिलो तल्लाको बरण्डा, छत, रेलिङ र वरिपरिका बोटविरुवा समेत राताम्मे छन् । कर्मचारी र दलका कार्यकर्ताको घिनलाग्दो हर्कतका कारण विद्यालयले रङ्गरोगनका लागि अतिरिक्त रकम खर्चनुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ । 

शैक्षिक क्षेत्र सुधारमा योगदान गर्नुपर्ने दलका कार्यकर्ताको यो हर्कतले उनीहरूले विकासका लागि बनाउने योजनामा शैक्षिक सुधारको कुनै आशा गर्न नसकिने त्यस क्षेत्रका शिक्षासेवी बताउँछन् । 

निर्वाचन आयोगले विद्यालयमा मतगणना स्थल बनाउँदा परिसरमा सरसफाइको लागि कुनै व्यवस्था नगर्नुले विद्यालय अतिरिक्त खर्चमा पर्नुपर्नेको विद्यालयको भनाई छ । विद्यालय सरसफाइरङ्गरोगनको खर्च आयोगले बेहोर्नुपर्ने विद्यालयको माग छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार