ताँजकोट गाउँपालिकाको पहिलो निर्णय : प्रतिवर्ष २० विद्यार्थीलाई आवासीय शिक्षा

हुम्लाको ताँजकोट गाउँपालिकाले प्रतिवर्ष २० विद्यार्थीलाई आवासीय व्यवस्था सहित शिक्षा दिने निर्णय गरेको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दै मदना आवासीय विद्यालयमा प्रतिवर्ष २० जना विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउने निर्णय गरेका हुन् ।

विद्यालय टाढा भएका कारण पठन शिक्षाबाट बञ्चित हुन नदिन दलित, अपाङ्ग, गरिब, आदिवासी जनजाति र सहिद परिवारका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

गाउँपालिकामा कर्मचारीहरूले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्दै निवर्तमान जनप्रतिनिधिलाई बिदाइ गरेको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार